शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ग्यास बुलेटको ठक्करबाट युवकको मृत्यु

मङ्गलबार, १५ भदौ २०७८, १९ : ३७
मङ्गलबार, १५ भदौ २०७८

पर्साको वीरगञ्जमा ग्यास बुलेटको ठक्करबाट एक जना युवकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२५ बहुअरी चोकमा एनएल–०१ एबी–४३७३ नम्बरको बुलेटले ठक्कर दिँदा लालबाबु शाहको मृत्यु भएको जिप्रका पर्साका डिएसपी ओम प्रकाश खनालले रातोपाटीलाई बताए ।

साइकलमा सवार ३० वर्षीय शाहलाई भारतबाट ग्याँस बोकेर आएको बुलेटले ठक्कर दिएको थियो । भारत मुजफरपुर घर भएका बुलेट चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । मृतक बहुदरमाई नगरपालिका–२ पिपराका स्थानीय हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप