कास्कीमा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा विलय
पोखरा । कास्की जिल्लामा गठन गरिएको तत्कालिन एमालेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा विलय भएको छ । कास्कीमा माधव नेपाल समूहले यसअघि राजनैतिक र व्यवसायीक पृष्ठभूमिका युवा नेता धनराज आचार्यको संयोजकत्वमा बनाएको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको हो ।
त्यसैगरी एमाले पोखरा महानगरमा बनेको समानान्तर कमिटी पनि एकीकृत समाजवादी पार्टी महानगर कमिटीमा रुपान्तरण भएको छ । यसअघि नै संयोजकको जिम्मेवारीमा रहेका आचार्य कास्कीका स्थापित व्यवसायी हुन् । उनी पृथ्वी नारायण क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन् ।
मंगलबार नेकपा एकीकृत समाजवादीका नेताहरुको उपस्थितिमा भएको पोखरा महानगर तथा कास्की जिल्ला कमिटीका संयुक्त बैठकबाट पहिले बनाइएका समानान्तर कमिटीलाई जिल्ला र महानगर कमिटीमा रुपान्तरण गरिएको एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।
तुलबहादुर गुरुङ, चूडामणि जंगली, शारदा प्रसाद सुवेदी र श्रीनाथ बराल लगायत नेताहरुको उपस्थितिमा भएको बैठकले समानान्तर कमिटीलाई समाजवादी पार्टीमा रुपान्तरण गरेको आचार्यले बताए ।
कमिटी घोषणा कार्यक्रममा बोल्दै एमाले नेता एवं पूर्वमन्त्री तुलबहादुर गुरुङले नेकपा एमालेमा सैद्दान्तिक र वैचारिक मतभेद देखिएकाले बाध्य भएर विद्रोह गर्नुपरेको बताए । उनले नेताहरुको इगो र पदका कारण पार्टी पार्टी विभाजन नभएको बताउदै एमालेमा कम्युनिष्ट मुल्य मान्यता विपरित केही नेताहरुले बलमिच्याइँ गरेकाले विद्रोह गर्न बाध्य भएको बताए । नेता गुरुङले पार्टीमा त्यागी र इमान्दार कार्यकर्तालाई अवमूल्यन गरी आफ्ना स्वार्थ अनुकूलको व्यवहार गरेकाले पार्टीमा विद्रोह भएको दावी गरे ।
कमिटीको अध्यक्षमा धनराज आचार्य, सचिवमा होम नेपाली, सहसचिवमा पूर्ण लामा छन् । कमिटीका उपाध्यक्ष रहेका शोभाकर भण्डारीको एक महिना अघि कोरोना संक्रमणका कारण मृत्यु छ ।
एमाले विभाजन भएपछि कास्कीमा केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, चूडामणि जंगली, श्रीनाथ बराललगायत एकीकृत समाजवादीमा लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण