मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन ठमेलका व्यवसायीको माग

मङ्गलबार, १५ भदौ २०७८, १८ : २७
मङ्गलबार, १५ भदौ २०७८

काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन् ।

 कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पु¥याएको छ । रात्रिकालीन व्यवसाय ठप्प प्रायः छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरुले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिन माग गरेका हुन् । 

ठमेलका घरधनी, व्यवसायी तथा मजदुर सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, सिसीएमसीमा समेत ज्ञापनपत्र बुझाइ सकिएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताए । उनले निषेधाज्ञा अघिको समयमा जस्तै गरी व्यवसाय गर्न पाउनुपर्ने आफुहरुको माग रहेको बताए । 

केही दिनभित्रै सहज वातावरण बनाइदिन व्यवसायीले माग गरेका छन् । सम्बन्धित निकायले ठमेलको मागलाई सम्बोधन नगरे ठमेल क्षेत्रका सम्पूर्ण व्यवसायीहरु आन्दोलनमा जान बाध्य हुने परिषद्का उपाध्यक्ष शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप