बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

रूपन्देहीमा ३१ भदौसम्म निषेधाज्ञा थपियो

मङ्गलबार, १५ भदौ २०७८, १८ : १८
मङ्गलबार, १५ भदौ २०७८

जिल्ला प्रशासन कार्यालय रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ ।  वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरातसम्मका लागि लागि लम्ब्याइएको हो । यस बीचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको  छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको हो ।

 डिसीसीएमसीको बैठकले निषेधाज्ञा जिल्लामा जारी निषेधाज्ञा भदौ ३१ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए   ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप