बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बाराबाट पेस्तोल सहित दुईजना युवा पक्राउ

मङ्गलबार, १५ भदौ २०७८, १८ : १५
मङ्गलबार, १५ भदौ २०७८

बाराको सिम्रौनगढ नगरपालिका–६ मा रहेको विद्यायक होटलबाट प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा छन् । 

आरोपीहरुको साथबाट एउटा अमेरिकन पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मंगलबार ‘मेडइन युएसए–७७७७०’ नम्बर लेखिएको पेस्तोल बरामद गरेका हुन् । 

अरोपीहरुले सो पेस्तोल किन र कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप