कुलेश्वरबाट ३० लाख हुण्डीको रकम सहित २ जना पक्राउ
मङ्गलबार, १५ भदौ २०७८, १७ : ४२
काठमाडौँको कुलेश्वरबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट ३० लाख ७ हजार रुपैयाँसहित मंगलबार दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएका फलफूल व्यवसाय गर्ने मीनप्रसाद गौतम र रमेश तिमिल्सेना छन् । कुलेश्वर फलफूल बजारको स्टल नम्बर–१८ मा रहेको गौतमको फलफूल पसलका कामदार हुन् तिमिल्सेना ।
हुण्डी कारोबारको सुराकको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी