शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विराटनगरमा राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित

मङ्गलबार, १५ भदौ २०७८, १६ : ५८
मङ्गलबार, १५ भदौ २०७८

कोरोना महामारीका कारण विराटनगरमा यो वर्ष राधाकृष्ण रथयात्रा स्थगित भएको छ ।

विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष राधाकृष्ण रथयात्रा निकालिँदै आएको थियो । तर यो बर्ष कोभिड–१९ महामारीका कारण राधाकृष्ण रथ यात्रा खटयात्रामा सीमित गरिएको हो ।

रथयात्रा निकाल्दा भिडभाड बढ्ने र संक्रमण फैलने डर हुने भएकाले आयोजक समितिले खटयात्रामात्रै निकालेको हो ।

राधाकृष्ण मन्दिरका कार्यसमिति अध्यक्ष बाबुराजा ओझाले कोरोना महामारीलाई मध्यनजर गदै यस वर्ष रथयात्रा खटयात्रामा सिमित गरेको बताए ।

विराटनग–१ तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट अपरान्ह सुरु भएको खटयात्रा मेनरोड,रोडषेश चोक हुँदै बजार क्षेत्रको परिक्रमापछि पुनः राधाकृष्ण मन्दिर पुगेर समापन गरिएको ओझाले जानकारी दिए ।

१९८८ मा खटयात्रा सुरु गरेर २०२४ सालदेखि रथयात्रामा परिणत भएको जानकारहरुले बताएका छन् ।

उनीहरुका अनुसार विराटनगरमा यस पटकको खटयात्रा ५४औं संस्करण हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप