बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका पक्षमा १२ ले गराए सनाखत
बागमती प्रदेशसभामा एमालेका ५६ सांसदमध्ये १२ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।
मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दलमा प्रवेशका लागि सनाखत गराउनुपर्ने हुन्छ । सोही बमोजिम बागमती प्रदेशसभाका १२ एमाले सांसदले उक्त दल त्याग गरी आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।
प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहेका कृष्णप्रसाद खनालसहित १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । सनाखत गराउने अन्य सांसदमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई छन् ।
यस्तै, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका छन् ।
१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ५६ सांसद थिए । १२ जना सांसद एमाले छाडेर नयाँ दलमा सामेल भएसँगै अब प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएको छ । योसँगै एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण