सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका पक्षमा १३ सांसद खुले

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् ।
प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् ।
आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीले रातोपाटीलाई जानकारी दिए । ‘सनाखतका लागि निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको भए पनि हामी आजै सनाखत गर्ने तयारीमा छौैँ,’ उनले भने ।
प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले पनि आज सनाखतका लागि प्रदेशसभा सदस्यहरु आउने जानकारी प्राप्त भएको बताए ।
सोडारीका अनुसार हाललाई १३ जना सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने भए पनि २२ गतेभित्र अन्य केही सदस्यसमेत थप हुन सक्नेछन् ।
यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेका थिए । दल विभाजन भइसकेको अवस्थामा माधवकुमार नेपालको पक्षमा केही सांसद घटेको बताइन्छ । सुदूरपश्चिममा एमालेका प्रभावशाली मानिने नेता तथा पार्टीका उपाध्यक्ष भीम रावल एमालेतिरै फर्किएपछि माधवकुमार नेपाल पक्षका केही सांसद एमालेमै रहने निर्णयमा पुगेको स्रोत बताउँछ ।
नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले निर्वाचन कार्यालयमा सनाखत गराउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान