पोखराबाट १४ जना जुवाडे पक्राउ
मङ्गलबार, १५ भदौ २०७८, १५ : ५१

पोखराबाट १४ जना जुवाडे पक्राउ गरेका छन् । पोखरा–७ घारीपाटन, राधाकृष्ण मार्गस्थित ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
खड्काको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा–१५ सीताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार –८ घर भएका ५१ वर्षीय लाल प्रसाद गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?