शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

भारतमा थप ३० हजार ९४१ जना कोरोना भाइरस सङ्क्रमित

मङ्गलबार, १५ भदौ २०७८, १५ : ०३
मङ्गलबार, १५ भदौ २०७८


भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना सङ्क्रमित भएका छन् ।     सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ ।  
 
    पछिल्लो २४ घण्टामा देशभरका सङ्क्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ ।
 
    गत आइतबार भारतमा ४२ हजार ९०९ जना कोरोना सङ्क्रमित थपिएका थिए भने कोरोनाको कारण ३८० को मृत्यु भएको थियो । 

    अहिलेसम्म कूल तीन करोड–१९ लाख ५९ हजार ६८० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३६ हजार २७५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्याको ९७.५३ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन् ।   

    भारतमा अहिलेसम्म कूल सङ्क्रमित तीन करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले मङ्गलबार जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।  

    भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड १५ लाख व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको छ ।  

    यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड पाँच लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप