बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेल निवासमा काँग्रेसका इतर पक्षको बैठक, साझा उम्मेदवार तय गर्ने प्रयास

मङ्गलबार, १५ भदौ २०७८, १३ : ४०
मङ्गलबार, १५ भदौ २०७८

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निवास बोहराटारमा इतर पक्षीय नेताहरुको बैठक बसिरहेको छ । बैठकमा १४ औं महाधिवेशनमा इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेताहरुबीच सहमति जुटाउने प्रयास हुनेछ । 
महाधिवेशनको मिति नजिकिँदै गर्दा काँग्रेसभित्र सभापतिका आकांक्षी एक दर्जनको हाराहारीमा रहेका छन् भने त्यसमा पनि इतर पक्षमा सबैभन्दा धेरै रहेका छन् । 
सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्म रहेका छन् । उनीहरु मध्येबाट एक जना साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेका हुन् । 

काँग्रेस नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले शीर्ष नेताहरुबीचको बैठक बसिरहेको पुष्टि गर्दै महाधिवेशन र सभापतिको साझा उम्मेदवार तय गर्नेबारे छलफलको एजेण्डा रहेको बताए । 
बैठकमा पौडेलसहित सभापतिका दाबेदार नेताहरु र अर्का नेता बलबहादुर केसी समेत सहभागी छन् । 

काँग्रेसको महाधिवेशनमा सभापति  शेरबहादुर देउवा पक्षलाई भन्दा पौडेल पक्षलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस पर्ने देखिन्छ । यद्यपी देउवालाई चुनौति दिनेगरी उपसभापति समेत रहेका विमलेन्द्र निधिले पनि औपचारिक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप