शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

हाइटेक राष्ट्रिय सम्मेलन गरेको वाईसीएल नेतृत्व चयन गर्न असफल

अध्यक्ष बिनैको केन्द्रीय समिति घोषणा गरिँदै
मङ्गलबार, १५ भदौ २०७८, १२ : १६
मङ्गलबार, १५ भदौ २०७८

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयनमा असफल भएको छ । शनिबारदेखि  हाइटेक प्रविधिमार्फत निकै तामझामका साथ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेको वाईसीएलको सम्मेलन नेतृत्व चयन बिनै सकिन लागेको हो । वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटीमात्रै घोषणा गर्ने तयारी गरेको छ।  

वाईसीएलयका केन्द्रीय प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन सक्न लागिएको बताए । उनले नेतृत्व चयन भने पछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने रातोपाटीलाई बताए । 

‘सहमतिको लागि अधिकतम प्रयास भएपनि हाल नेतृत्व चयन हुन सकेन’, उनले भने, ‘आजै केन्द्रीय समिति घोषणा गरेर अध्यक्ष भने पछि बस्ने केन्द्रीय समितिबाट चयन गरिनेछ ।’

वाईसीएलको नेतृत्वमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गर्दै आएका छन् । तर दुबैको नाममा सहमति हुन नसकेपछि समस्या भएको हो । निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन नगर्ने र सहमति पनि नबन्दा यो विषयमा सहमति जुटाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको थियो । 

सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई नेतृत्व चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । 

प्रचण्डले नै नेतृत्व चयन गर्ने भएपछि मंगलबार बिहान वाइसीएलको टोली प्रचण्डसँग छलफलका लागि खुमलटार पुगेको थियो । यो छलफलमा हाल केन्द्रीय समितिमात्र घोषणा गर्ने र पछि नेतृत्व चयन गर्नेगरी गृहकार्य गर्न प्रचण्डले निर्देशन दिएपछि सोहीअनुसार गर्न लागिएको बताइएको छ । 

२३१ जनाको केन्द्रीय कमिटी

वाईसीएलमा केन्द्रीय समिति २३१ जनाको हुनेछ भने  ३५ जनाको पदाधिकारी हुने व्यवस्था छ । यसैगरी ३ वटा केन्द्रीय आयोग निर्माण गर्ने निर्णय पनि वाईसीएलको छ  । 
नेपालको राष्ट्रिय भेलामा अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' पेश गरेको संगठनात्मक संरचनासहितको प्रतिवेदन सम्मेलनबाट पास भइसकेको छ। समृद्धि, उत्पादन र विकास केन्द्रीत रहेर अहिले सम्मका उपलब्धिको रक्षा गर्दै संगठनलाई नयाँ प्रणाली मार्फत डिजिटलाइज्ड गर्दै जनजीवनको उत्थान गरी समाजवादी बाटोमा अगाडी बढ्ने निष्कर्ष सम्मेलनको रहेको छ । 

दीपशिखाले आफुले छोडेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेका थिए । नयाँ नेतृत्वको लागि हाल महासचिव समेत रहेका शेर्पाली र  उपाध्यक्ष समेत रहेका देवकोटाबीच बिच प्रतिस्पर्धा भएको हाे । यद्यपि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका अन्य नेताहरुले  सहमति मै गर्न निर्देशन गरेका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप