फिल्म ‘एक’मा देश जोगाउने एजेन्टको कथा
काठमाडाैं । चलचित्र घर तत्कालै नखुल्ने सम्भावना भएपछि निर्माता निर्देशक फिल्म रिलिजको लागि डिजिटल प्लेटफर्म विकल्पको रुपमा रोज्न थालेका छन् ।
यस्तैमा निर्देशक मनोज पण्डितले फिल्म ‘एक’ पनि डिजिटल प्लेटफर्ममा रिलिज गर्ने भएका छन् । मंगलबार फिल्मको ट्रेलर रिलिज गर्दै निर्देशक पण्डितले फिल्मको रिलिजको बिषयमा समेत जानकारी दिएका हुन् ।
घटस्थापनाको अवसर पारेर २१ असोजबाट रिलिज हुने फिल्म डिजिटल प्लेटफर्म सिनेमाघर एप्लिकेसन, डिस होम, नेट टिभी, भाए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ निर्देशक पण्डितले बताए ।
फिल्मको सार्वजनिक ट्रेलरमा राजनीति मार्फत देश टुक्राउन लागि परेको शक्तिविरुद्धको कथा प्रस्तुत गरिएको छ । विदेशी षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय (रअ) जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले ‘सीएसआई’ नामक एउटा जासूसी निकायको परिकल्पना समेत गरेको छ ।
‘देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्ष फिल्मको द्वन्द्व हो’ निर्देशक पण्डितले भने । फिल्ममा विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद अग्रहरीलगायतको मुख्य भुमिका छ । निर्देशक पण्डितकै कथा रहेको फिल्म आत्मा गुरागाइँ र सोफी थापाले निर्माण गरेका हुन् ।
दीपक बज्राचार्यको छायांकन, भरतमणी रेग्मीको सम्पादन र प्रमोद खड्काको द्वन्द्व निर्देशन रहेको फिल्ममा सवीर चुरौते, प्रमोद खड्का, विश्वान्त पोखरेल, मदन ठाकुर, सुरेश शाह, रामशरण पाठक, हरोण अलीको पनि अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव