कविता : देशको माया
मङ्गलबार, १५ भदौ २०७८, ११ : ५४

- ध्रुवप्रसाद गजुरेल
युवाहरू विदेशिँदा
जग्गा खाली भयो यता
नेताहरू गफैमा छन्
कुरा मात्र भयो उता
कयौँ पुस्ता यतै जन्मे
खाली जग्गा भयो सब
माटो पूरा बिरामी भो
मल जल गरौँ अब
लिपुलेक सधैँ मेरो
कालापानी यतै सब
सुस्ता जान परेको छ
चुच्चे नक्सा भयो अब
भूकम्पले सबै नास्दा
ढल्यो धरहरा भनी
विदेशमा थिए जो जो
भए दुःखित ती पनि
साथीहरू सबै आज
धरहरा चढेका छन्
सेल्फी फोटो लिँदै आज
धेरै मख्ख परेका छन्
तला बाइस बन्दा झन्
मन खुसी कयौँ अब
पुग्दै नेपाल सन्देश
फैलाउँछु खुबै तब
विदेशमा हुँदाखेरी
नेपाल मनभित्र झन्
देशको नामले सारा
विदेशी सब चिन्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह