बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अमेरिकाले अफगानिस्तान छोडेलगत्तै काबुल विमानस्थल अब तालिबानको कब्जामा (भिडियो)

मङ्गलबार, १५ भदौ २०७८, ११ : ३२
मङ्गलबार, १५ भदौ २०७८

मंगलबार अमेरिकाको अन्तिम विमानले उडान भरेलगत्तै काबुल विमानस्थल तालिबानको नियन्त्रणमा छ ।

काबुलबाट आइरहेका तस्बिर र भिडियो फुटेजमा तालिबानले हामिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो नियन्त्रण लिएको देख्न सकिन्छ ।

लस एन्जिलिस टाइम्सका पत्रकार नबिह बुलोस तालिबान लडाकूको उक्त टिमको हिस्सा थिए जसले विमानस्थलको ह्याङ्गरको अनुसन्धान गरिरहेका थिए ।

त्यहाँ अमेरिकी सैनिकले आफ्ना केही विमान छोडिदिएको पनि उनले जानकारी दिएका छन् ।

नबिह बुलोस क्यामरामा भन्छन्, ‘हामी यहाँ तालिबानसँगै छौं । उनीहरु केही मिनेट अघि काबुल विमानस्थलमा अमेरिकाको नियन्त्रण भएको हिस्सामा प्रवेश गरेका छन् । अब उनीहरुले यहाँ आफ्नो नियन्त्रण स्थापित गरेका छन् ।’

केही अन्य भिडियो पनि सार्वजनिक भएका छन् जसमा तालिबान लडाकू आफ्नो मेसिनगनमार्फत् खुसीले फायरिङ गरिरहेका थिए । उनीहरु तस्बिर खिचिरहेका छन्, उत्सव मनाइरहेका छन र विमानस्थलका अन्य स्थानको अनुसन्धान पनि गरिरहेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप