बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

४ दर्जन बढी कलाकर्मी सम्मानित

मङ्गलबार, १५ भदौ २०७८, ११ : ०९
मङ्गलबार, १५ भदौ २०७८

काठमाडौंँ । अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, दुर्गा बास्तोला, बिकास चापागाईँ, प्रेम पाण्डेलगायत करिब ४ दर्जन बढी कलाकर्मी सम्मानित भएका छन् । रिवन इन्टरटेनमेन्टले ललितपुर एक कार्यक्रमको आयोजना गर्दै पूर्व उप राष्ट्रपति परमानन्द झाको हातबाट सम्मान दिएको हो ।

‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’नाम दिइएको सम्मान शुशिल श्रेष्ठ, देव महतो, प्रवण भुषाल, तुलसी प्रसाद श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल, बेनी ढुंगाना, हास्य अभिनेता गोपाल ढकाल (छन्दे) निर्देशक राजेन्द्र उप्रेती, सुदर्शन थापा, मधुसुदन भट्टराई, कल्याण अधिकारी, सौरभ चौधरी, अम्बर बहादुर बिश्वकर्मा, राजु अधिकारी र ऋषिराज आचार्य, म्युजिक भिडियो निर्देशक बिधान कार्की, फिल्म निर्माता नबिन अधिकारी, फिल्म लेखक शिवम अधिकारी र आरती अधिकारी, संगीतकार दीपक शर्मा, अर्जुन पोखरेल, बिशाल ढकाल र राजेन्द्र बजगाईं, गायक तथा संगीतकार भुवन प्यासी, गीतकार बी पाण्डे, दयाराम पाण्डे, प्रतिमा गुरुङ र रामप्रसाद कंडेल, गायक सुरज पौडेल र चिरन्जिवी भण्डारी, गायिका पारु रंजित, भावना आचार्य, छनु गुरुङ, लक्ष्मी आचार्य र सरिता भारती, बाद्यवादक सुनिल सिंह नेपाली, कोरीयोग्राफर सुबाश बुढाथोकी र रामजी लामिछाने, फिल्म छायांकार धनदिप योंजन (सौरभ लामा), जीवन पराजुली र रविचन्द्र कोईराला, फिल्म सम्पादक भुपेन्द्र अधिकारी, खालित खान (शाहिल) र सुरेश कुमार राउत, फिल्म रंग संयोजक रेनिश फागो, भिएफएक्स आर्टिस्ट अच्युत बजगाईं, रंग पत्रकार जीवन पराजुली, मेकअप आर्टिस्ट टेक राज पाण्डे, गीता पौडेल, जमुना पुन र बिना राना, साहित्यकार तथा गीतकार रचना महर्जन शाक्य, सुरेन्द्र महर्जन र ज्ञानेश्वर तिवारी, फेसन डीजाइनर अमित झा, मिसेस एशिया प्यासिफिक/मिसेस नेपाल इन्टरनेसनल चन्दा थापा गिरी, फेसन÷पेजेन्ट कोरीयोग्राफर अश्विनीकान्त झा, पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल र प्रिती कार्की, फिल्मकर्मी केडी प्रसित, रेडियो प्रस्तोता महेश लिम्बुलाई सम्मान गरे। त्यसै  गरी व्यवसायी अनुप के. बराल, भुषणकुमार श्रेष्ठ, गोमा अधिकारी धिताल, भुषण कुमार श्रेष्ठ र टपेन्द्र शाही, ब्युटिसियन कमला सिग्देल लामिछाने र रेणु राना मगर, स्वास्थ्यसेवी त्रिजा ढकाललगायतले पाएका छन् ।

रिवन इन्टरटेनमेन्ट प्रालिले आफ्नो सातौं बार्षिकोत्वका अवसरमा आयोजना गरेको कार्यक्रममा नेपालको प्रथम अभिनेत्री भुवन चन्द थापा र नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी लगायतका उपस्थिती रहेको थियो ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले स्रष्टाको सम्मानमा स्वास्थ्य मापदण्ड अपनाउँदै कार्यक्रम आयोजना गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप