काबुलबाट अमेरिकी दूतावास दोहा सारियो
अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम टोली फिर्ता भएसँगै एन्टोनी ब्लीङ्केनले अमेरिकाले अफगानिस्तानमा नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । अमेरिकी जनतालाई सम्बोधन गर्दै ब्लीङ्केनले काबुलस्थित अमेरिकी दूतावासलाई बन्द गरेर कतारको राजधानी दोहामा स्थानान्तरण गरिएको जानकारी दिएका हुन् ।
उनले भने, ‘अब अमेरिकी सेनाको अन्तिम फ्लाइट पूरा भएको छ । हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ जसमा हामीले हाम्रो कूटनीतिलाई अघि बढाउँछौँ । सैन्य अभियान पूरा भयो । अब एक नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’ उनले अफगानिस्तानबाट १ लाख २३ हजार जनाको उद्धार गरिएको जानकारी दिए । यसमध्ये ६ हजार बढी अमेरिकी नागरिक रहेका छन् ।
अफगानिस्तानबाट १ लाख २३ हजार जनालाई सुरक्षित निकालिएको र त्यसमध्ये ६ हजारभन्दा बढी अमेरिकी सैनिक रहेको पनि जानकारी दिए । ‘आजदेखि हामीले काबुलमा हाम्रो कूटनीतिक उपस्थिति बन्द गरेका छौँ र दूतावासलाई दोहा सारिएको छ । हामीले यसबारे चाँडै नै कङ्ग्रेसलाई जानकारी दिनेछौँ । अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थितिलाई मध्य नजर गर्दै यो सुझबुझपूर्ण कदम थियो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण