काबुलबाट अमेरिकी दूतावास दोहा सारियो

अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम टोली फिर्ता भएसँगै एन्टोनी ब्लीङ्केनले अमेरिकाले अफगानिस्तानमा नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । अमेरिकी जनतालाई सम्बोधन गर्दै ब्लीङ्केनले काबुलस्थित अमेरिकी दूतावासलाई बन्द गरेर कतारको राजधानी दोहामा स्थानान्तरण गरिएको जानकारी दिएका हुन् ।
उनले भने, ‘अब अमेरिकी सेनाको अन्तिम फ्लाइट पूरा भएको छ । हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ जसमा हामीले हाम्रो कूटनीतिलाई अघि बढाउँछौँ । सैन्य अभियान पूरा भयो । अब एक नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’ उनले अफगानिस्तानबाट १ लाख २३ हजार जनाको उद्धार गरिएको जानकारी दिए । यसमध्ये ६ हजार बढी अमेरिकी नागरिक रहेका छन् ।
अफगानिस्तानबाट १ लाख २३ हजार जनालाई सुरक्षित निकालिएको र त्यसमध्ये ६ हजारभन्दा बढी अमेरिकी सैनिक रहेको पनि जानकारी दिए । ‘आजदेखि हामीले काबुलमा हाम्रो कूटनीतिक उपस्थिति बन्द गरेका छौँ र दूतावासलाई दोहा सारिएको छ । हामीले यसबारे चाँडै नै कङ्ग्रेसलाई जानकारी दिनेछौँ । अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थितिलाई मध्य नजर गर्दै यो सुझबुझपूर्ण कदम थियो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा बेरुजु रकम घटे पनि प्रतिशतका आधारमा छैन सन्तोष गर्ने ठाउँ
-
राजनीतिक नेतृत्वले नै बेरुजु घटाउन पहल गर्नुपर्छ : महानिर्देशक थापा
-
गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल
-
बेरुजु के हो ? किन गरिन्छ लेखापरीक्षण ?
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने
-
डान्सर स्वस्थानीलाई प्रश्न : नृत्यलाई समाजले कसरी हेर्छ ?