अमेरिकाको अन्तिम टुकुडीले अफगानिस्तान छाड्यो, तालिबानी लडाकुले थाले फायरिङ

अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो ।
अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक पड्काएका छन् । उनीहरुले आकाशमा गोली हानेका हुन् । पछिल्ला केही साता अमेरिकी सैनिकहरुको उपस्थिती काबुल विमानस्थलमा मात्रै थियो ।
सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका मुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा दिए । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदलास्वरुप अमेरिकाले अफगानिस्तानको तालिबानी सत्तालाई निशाना बनाएको थियो । त्यसपछि अमेरिकाले अफगानिस्तान छाड्न २० वर्ष लाग्यो । यसक्रममा आफ्ना २४ सयभन्दा धेरै सैनिक मारिएका म्याकेन्जीले बताए । र, रोचक कुरा अमेरिकी सेना अफगानिस्तानबाट निस्कनुअघि नै विगत केही सातादेखि अफगानिस्तान तालिबानको कब्जामा आइसकेको थियो ।
अन्तिम दिन रकेट हार
अमेरिकाले पछिल्ला दिनमा काबुल विमानस्थलबाट आफ्ना नागरिक, सहयोगी र जोखिममा परेका अफगानी नागरिकको उद्धार गरिरहेको थियो । यसक्रममा १ लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जनरल म्याकेन्जीले बताए । यसअघि उद्धार विमानलाई लक्षित गरेर अतिवादीहरुले प्रहार गरेको रकेट एउटा बस्तीमा परेको थियो । त्यहाँ एकै परिवारका ६ बालबालिकासहित १० जनाको मृत्यु भएको उनीहरुका आफन्तले जनाएका छ । सोमबार पनि काबुल विमानस्थलमा धेरैपटक रकेट प्रहार भयो । ईस्लामिक स्टेट खोरोसाम (आईएसआईएस–के) ले यस आक्रमणको जिम्मेवारी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
एउटा तस्बिरले कति फरक पार्न सक्छ र...
-
‘मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो’
-
गोर्खा कपको तयारी अन्तिम चरणमा, अनुमानित खर्च ९० हजार पाउण्ड
-
रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी