अमेरिकाको अन्तिम टुकुडीले अफगानिस्तान छाड्यो, तालिबानी लडाकुले थाले फायरिङ
अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो ।
अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुसीमा बन्दूक पड्काएका छन् । उनीहरुले आकाशमा गोली हानेका हुन् । पछिल्ला केही साता अमेरिकी सैनिकहरुको उपस्थिती काबुल विमानस्थलमा मात्रै थियो ।
सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका मुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा दिए । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदलास्वरुप अमेरिकाले अफगानिस्तानको तालिबानी सत्तालाई निशाना बनाएको थियो । त्यसपछि अमेरिकाले अफगानिस्तान छाड्न २० वर्ष लाग्यो । यसक्रममा आफ्ना २४ सयभन्दा धेरै सैनिक मारिएका म्याकेन्जीले बताए । र, रोचक कुरा अमेरिकी सेना अफगानिस्तानबाट निस्कनुअघि नै विगत केही सातादेखि अफगानिस्तान तालिबानको कब्जामा आइसकेको थियो ।
अन्तिम दिन रकेट हार
अमेरिकाले पछिल्ला दिनमा काबुल विमानस्थलबाट आफ्ना नागरिक, सहयोगी र जोखिममा परेका अफगानी नागरिकको उद्धार गरिरहेको थियो । यसक्रममा १ लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जनरल म्याकेन्जीले बताए । यसअघि उद्धार विमानलाई लक्षित गरेर अतिवादीहरुले प्रहार गरेको रकेट एउटा बस्तीमा परेको थियो । त्यहाँ एकै परिवारका ६ बालबालिकासहित १० जनाको मृत्यु भएको उनीहरुका आफन्तले जनाएका छ । सोमबार पनि काबुल विमानस्थलमा धेरैपटक रकेट प्रहार भयो । ईस्लामिक स्टेट खोरोसाम (आईएसआईएस–के) ले यस आक्रमणको जिम्मेवारी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण