शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि केही स्थानमा भारी वर्षा, बिहीबारबाट मौसममा सुधार

मङ्गलबार, १५ भदौ २०७८, ०६ : ३६
मङ्गलबार, १५ भदौ २०७८

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप