अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए
सोमबार, १४ भदौ २०७८, २१ : १७
अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए ।
मन्त्रालयका अनुसार काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।
मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैँले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी