सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ५७४ जनामा कोराना सङ्क्रमण

सोमबार, १४ भदौ २०७८, २० : ३०
सोमबार, १४ भदौ २०७८

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५७४ जनामा कोरोना सङ्क्रमण भएको छ । एक हजार २८१ जनाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०,  धनकुटामा आठ, पाँचथरमा तीन, सङ्खुवासभा र भोजपुरमा दुई–दुई, ताप्लेजुङ र तेह्रथुममा एक–एक र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप