सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले जेठ २ मा फर्कियो

सोमबार, १४ भदौ २०७८, १९ : ५३
सोमबार, १४ भदौ २०७८

कर्णालीमा नेकपा एमाले पुरानै संरचना अर्थात ०७५ जेठ २ को अवस्थामा फर्किएको छ। त्यसका लागि सोमबार एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश इञ्चार्ज युवराज ज्ञवालीको अध्यक्षतामा सुर्खेत पार्टी कार्यालयमा बैठक बसेको थियो । 

बैठकमा सहभागी एमाले नेता गुलाबजङ्ग शाहले नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनु पहिलाको  जेठ २ गतेकै अबस्थामा फकाउने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । 

उनले भने,‘ आजको बैठकमा हामीले कर्णालीमा एमालेलाई एकताबद्ध बनाउने र पुरानै संरचनालाई ब्युँत्याई जनतामाझ जाने निर्णय गरिएको छ। हामीले त्यसपछि जिल्लाहरुमा गएर भेला तथा आगामी रणनीतिका बारेमा तयारी थाल्ने छौँ।’ 

उनका अनुसार पार्टीको महाधिवेशनको बारेमा पनि छलफल भएको छ । यद्यपी, पार्टीका निर्णय भने मंगलबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताईएको छ ।
सोमबारको बैठकमा ज्ञवाली सहित सह–इञ्चार्ज यामलाल कँडेल, केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल, दैलेख इञ्चार्ज लक्ष्मी पोखरेल, राजबहादुर बुढा, प्रदेश अध्यक्ष गोरख बोगटी लगायतका नेताहरु सहभागी बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप