बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

५५.१५ प्रतिशतले औद्योगिक उत्पादनमा ह्रास

सोमबार, १४ भदौ २०७८, १९ : १५
सोमबार, १४ भदौ २०७८

कोभिड–१९ का कारण गत आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको औद्योगिक उत्पादनमा ५५.१५ प्रतिशतले ह्रास आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 सोमबार बैंकले सार्वजनिक गरेको तथ्यांकमा गत वर्षको पुससम्म समग्र प्रदेशको नमुना छनौटमा समेटिएका उद्योगहरुको क्षमता उपयोगमा औषतमा ४४.८५ प्रतिशत रहेको रिर्पोट सार्वजनिक गरेको हो ।

 गत वर्षको सोही अवधिमा यस्तो औषत उपयोगिता ४५.२३ प्रतिशत रहेको समेत बैंकले जनाएको छ । 

समीक्षा अवधिमा औषत क्षमता उपभोगमा कमी आउनुमा कोभिड–१९ संक्रमण रोक्न बन्दाबन्दी लगाइएकाले उद्योगहरु पनि लामो समयसम्म सञ्चालन नहुनु रहेको बैंकले जनाएको छ । 

समीक्षा अवधिमा सबै भन्दा बढी ड्राई सिरप अर्थात मेडिकल सम्बन्धी उद्योगको उत्पादनमा ९८.७० प्रतिशतले नै ह्रास आएको राष्ट्र बैंकले जनाएको छ । अत्यावश्यक मेडिक सामाग्री बाहेकका उत्पादनको उद्योगहरुमा समिक्षा अवधिमा १.६० प्रतिशत मात्र उत्पादन क्षमता उपयोग भएको जनाएको बैंकले समीक्षा अवधिमा सबै भन्दा बढी सिमेन्ट उद्योगले अधिकतम ९८.३० प्रतिशतले क्षमता उपयोग गरेको बताएको छ । 

यस्तै, फलामको छड तथा पत्ति उद्योगले ८०.१५ प्रतिशत, सावुन उद्योगले ७८.१९ प्रतिशत, वनस्पति घ्यू तथा तेल उत्पादन उद्योगले ६८.१३ प्रतिशतले, अन्न तथा पशु दाना उद्योगले ६५.९० प्रतिशतले, चुरोट उद्योगले ४३.५२ प्रतिशतले क्षमता उपयोग गरेको र प्रशोधित छाला, चिनी, ईट्टा र कागज उद्योगको क्रमश ३१.२० प्रतिशत, १९.०७ प्रतिशत, १० प्रतिशत र ५.७१ प्रतिशतले रहेको बैंकले जनाएको छ । 

गत वर्षको यसै अवधिमा प्रदेशका प्रमुख उद्योगहरुमा सिमेन्ट उद्योगको क्षमता उपयोगिता ९४.४७ प्रतिशत, मदिरा उद्योगको ८०.८४ प्रतिशत, सिन्थेटिक कपडाको ७९.०२ प्रतिशत, गहुँको पीठोको ७७.०९ प्रतिशत, प्लाष्टिक सामानको ५९.७७ प्रतिशत र पशुदाना उद्योगको ५६.६७ प्रतिशत रहेको थियो भने कागज, चिनी, चुरोट, फलामे छड र वनस्पति घिउ तथा तेल उद्योगको क्रमशः २१.७४ प्रतिशत, २४.५८ प्रतिशत, ५०.७६ प्रतिशत, ३१.८६ प्रतिशत र ४०.७६ प्रतिशत रहेको थियो । 

नमुना छनौटमा समेटिएका उद्योगहरुमा जम्मा ८ हजार ५ सय ६ जना रोजगारीमा आवद्ध रहेको समेत बैंकले जनाएको छ । ती मध्ये ८ हजार ४२ जना स्वदेशी कामदार रहेको र बाँकी ४ सय ६४ जना विदेशी कामदार रहेका छन् ।   
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप