‘यसकारण एमालेबाट विद्रोह गर्नुपर्यो’
नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेबाट आफूहरुले विद्रोह गर्नु परेको बताएका छन् ।
खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरुले बिद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको तर्क समेत गरे ।
भारतबाट आफ्नो स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्किएका उनले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि विद्रोह गरिएको उल्लेख गर्दै त्यो विद्रोह नव निर्माणको निम्ति भएको पनि बताए ।
वरिष्ठ नेता खनालले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे । उनले निजी स्वार्थलाई लिएर पार्टीमा नआउन पनि आग्रह गरे । वरिष्ठ नेता खनालले भने, ‘यो विद्रोह हो । विद्रोह सृजनाको निम्ति हो । विद्रोह उज्ज्वल भविष्यको निम्ति हो । त्यो प्राप्त गर्नका लागि एकतावद्ध भएर अगाडि बढन म सबैलाई आह्वान गर्दछु । त्यो आग्रहका साथमा सबै कमरेडहरुले आफूलाई नयाँ मान्छेको रुपमा रुपान्तरण गर्न जरुरी छ । स्वार्थी मान्छेको रुपमा होइन । निजी स्वार्थलाई लिएर अगाडि बढने होइन । समाजवादको भनेको सामूहिकता हो । सोही ढंगले अगाडि बढने हो ।’
त्यस अवसरमा वरिष्ठ नेता खनालले आफूले पार्टीमा कार्यकारी पोष्टको दावी नगर्ने पनि स्पष्ट पारे । पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण