शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, १४ भदौ २०७८, १८ : १४
सोमबार, १४ भदौ २०७८

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पर्वतको पैयुँ गाउँपालिकाबाट पक्राउ गरेको छ । पैयुँ गाउँपालिका–७ बस्ने ४४ वर्षीय ख्यामबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला अदालत स्याङजाले २०७३ साउन २० मा कर्तव्य ज्यान मुद्दामा उनलाई १ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसलापछि  फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले पक्राउ गरेको हो । ख्यामबहादुरलाई जिल्ला अदालत पर्वतको आदेशले कैद भुक्तानीको लागि कारागार चलान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप