वाईसीएलको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई
सोमबार, १४ भदौ २०७८, १७ : ४२
नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए ।
गत शनिबारबाट सुरु भएको वाईसीएलको भेलाले अध्यक्षमा सहमति जुटाउन नसकेपछि पार्टीको बैठक बसेको थियो । अध्यक्षमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन् । शेर्पाली माओवादी नेता जनार्दन शर्मा पक्षधर हुन् भने देवकोटा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । शेर्पाली भन्दा देवकोटाको सम्भावना बढिरहेको वाईसीएलका नेताहरुले बताएका छन् । शेर्पाली महासचिव हुन् भने देवकोटा उपाध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार