मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१ हजार ३ सय किलो एसिडसहित ३ जना पक्राउ

सोमबार, १४ भदौ २०७८, १७ : २६
सोमबार, १४ भदौ २०७८

अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव सिंह र बाग्लुङका बल बहादुर बिक छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आरोपीहरुको साथबाट १ हजार ३ सय ५० केजी सिलबन्दी तथा लेबलिङ नगरिएको एसिड बरामद गरेको छ । पोखरा महानगरपालिका–४ स्थित गैह्रापाटनबाट प्रहरीले ग.३ च ११४३ नम्बरको जिप चालक चितवन बस्दै आएका मिनबहादुर भारती र केशव सिंहको साथबाट १ हजार केजी एसिड बरामद गरेको थियो । लेबलिङ नगरिएको र अनुमति नलिइकन गाडीमा एसिड लिएर उनीहरु पोखरा पुगेका थिए ।
पोखरा महानगरपालिका–२ मैरिया टोलस्थित अभिषेक औजार पसलबाट अनुमति बिना बेच्न राखिएको थप ३ सय ५० केजी एसिड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका मध्येका ६३ वर्षीय बलबहादुर बिक सो औजार पसल सञ्चालक हुन् ।

आरोपीहरुलाई तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ बमोजिम म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप