शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब मधेसमा अरु पार्टी हुने छैनन् : प्रचण्ड

सोमबार, १४ भदौ २०७८, १७ : १८
सोमबार, १४ भदौ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीहरु पछारिएको बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी र प्रतिक्रान्तिकारीहरु पछारिएपनि उनीहरु अझै चलमलाउने प्रयास भइरहेको बताएका हुन् ।

‘प्रतिक्रान्तिकारीहरु पछारिएका छन् । केही दिनपछि एक नम्बर र वागमती प्रदेशमा पनि उनीहरु ढल्नेछन्’, प्रचण्डको भनाइ छ ।

उनले माओवादीले संघीयता छोड्यो भनेर झुठा प्रचार गरेको भन्दै देशको जनताको मुक्तिका लागि निरन्तर संघर्ष गरिरहने पार्टी भएको बताए । ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अव मधेसमा अरु पार्टी हुने छैनन् । माओवादी केन्द्रले कब्जा गर्नेछ’, प्रचण्डको भनाइ छ ।

उनले माओवादी केन्द्र अव फेरि यो देशको एक नम्बर पार्टी हुने बताए । ‘माओवादी यो देशको एक नम्बर पार्टी नबनेसम्म देशमा राजनीतिक स्थायित्व र शान्ति कायम हुदैन’, प्रचण्डको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप