अब मधेसमा अरु पार्टी हुने छैनन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीहरु पछारिएको बताएका छन् ।
सोमबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी र प्रतिक्रान्तिकारीहरु पछारिएपनि उनीहरु अझै चलमलाउने प्रयास भइरहेको बताएका हुन् ।
‘प्रतिक्रान्तिकारीहरु पछारिएका छन् । केही दिनपछि एक नम्बर र वागमती प्रदेशमा पनि उनीहरु ढल्नेछन्’, प्रचण्डको भनाइ छ ।
उनले माओवादीले संघीयता छोड्यो भनेर झुठा प्रचार गरेको भन्दै देशको जनताको मुक्तिका लागि निरन्तर संघर्ष गरिरहने पार्टी भएको बताए । ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अव मधेसमा अरु पार्टी हुने छैनन् । माओवादी केन्द्रले कब्जा गर्नेछ’, प्रचण्डको भनाइ छ ।
उनले माओवादी केन्द्र अव फेरि यो देशको एक नम्बर पार्टी हुने बताए । ‘माओवादी यो देशको एक नम्बर पार्टी नबनेसम्म देशमा राजनीतिक स्थायित्व र शान्ति कायम हुदैन’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण