शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको पार्टी दक्षिणपन्थी अवसरवादको प्रतिक हो : झलनाथ खनाल

सोमबार, १४ भदौ २०७८, १७ : ११
सोमबार, १४ भदौ २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको पार्टी अहिले दक्षिणपन्थी अवसरवादको र व्यक्तिवादको प्रतिक बनेको बताएका छन् । सोमबार भारतबाट स्वदेश फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेता खनालले सो कुरा बताएका हुन् ।

‘अहिले केपी ओलीको पार्टी भनेको त, दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतिक बनेको छ’ खनालले भने, ‘त्यसैले यसका विरुद्ध हामीले विद्रोह गर्नुपरेको हो ।’ खनालले विद्रोह फुट र विनाश नभएको भन्दै विद्रोह अग्रगतिका निम्ति नयाँ झिल्को भएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप