फोहोर तत्काल उठाउने प्रबन्ध गर्न काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन
सोमबार, १४ भदौ २०७८, १७ : ०८
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई बोलाएर प्रधानमन्त्रीले फोहोर कसरी उठाउन सकिन्छ त्योअनुसार प्रबन्ध गर्न निर्देशन गरेका हुन् । ‘सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्रीले उनीहरुलाई भने ।
सरकारी अरु निकायबाट पनि समन्वय हुने भन्दै कसरी हुन्छ काठमाडौंको फोहोर उठाउने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण