शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ‘पोको एफ थ्री जीटी’ सार्वजनिक, १२० हर्ट्जको टर्बो एमोलेड डिस्प्लेसहित यस्ता छन् विशेषताहरु

सोमबार, १४ भदौ २०७८, १५ : ४२
सोमबार, १४ भदौ २०७८

काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा ‘पोको एफ थ्री जीटी’ सार्वजनिक गर्ने भएको छ । एफ सिरिज अन्तर्गतको ‘पोको एफ थ्री जीटी’ गेम प्ले, उत्कृष्ट क्यामेरासहित बजारमा आएको हो । यो फोन परिष्कृत, स्टाइलिश र प्रिमियम ‘स्लिपस्ट्रीम’ डिजाइनमा आएको कम्पनीले जनाएको छ । 

फ्ल्यागसिप मिडिया टेक चिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हर्ट्जको रिफ्रेश रेट र ४८० हट्र्जको टच स्याम्प्लिङ रेटसँग इन्टिग्रेटेड रहेको पोको एफ थ्री जीटीले प्रिमियम स्मार्ट फोन रहेको कम्पनीले जनाएको । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले सन् २०१८ मा पोको एफ सिरिज भित्रिए पछि यसले नेपाली बजारमा पहिले कहिल्यै नपुर्याएको प्रभाव पु¥याएको दावी गरे । उनले यो फोन उपभोक्ताहरूलाई सबै भन्दा राम्रो स्पेसिफिकेशन र प्रिमियम डिजाइन प्रदान गर्ने उत्कृष्ट प्याकेज भएको दावी समेत गरे । 

डिजाइन वा स्मार्ट डिस्प्लेमा पोको एफ थ्री जीटी उत्कृष्ट मानिएको छ । जसमा १२० हर्ट्जको टर्बो एमोलेड डिस्प्ले, पोकोेबाट निर्मित पहिलो र सबैभन्दा परिष्कृत एमोलेड स्क्रिन रहेको छ । उच्च रिजोलुसन टच टेक्नोलोजी स्पोर्टिङ, १२० हर्ट्ज रियल्टी फ्लो र ४८० हर्ट्ज टच स्याम्पिङ रेटको संयोजनसँग डिस्प्लेको ६ गुणा छिटो एमिङ रहेको छ । यसले फोनलाई स्मुथ र ल्याग फ्रि युजेज एक्सपेरियन्स दिने कम्पनीले बताएको छ । यसको अतिरिक्त एचडीआर १०+ क्यामेराले युजरलाई थप उत्साहित बनाउने कम्पनीले बताएको छ । साथै गेमिङका लागि पनि यो फोन उत्कृष्ठ रहेको ठहर कम्पनीको छ ।

पोको एफ थ्री जीटीमा ५०६५ एमएएचको ब्याट्री सुविधा रहेको छ । जसले प्रयोगकर्ताहरूलाई घण्टौंसम्म अडियो भिजुअल मनोरञ्जनको आनन्द उठाउन मद्दत गर्दछ । ६७ वाटको फास्ट चार्जरले एफ थ्री जीटीलाई १५ मिनेट भित्रैमा ० देखि १५% ब्याट्री चार्ज गर्दछ ।  बन्डल गरिएको एल आकारको चार्जिङ केबलले गेम खेल्दा पनि फोन चार्ज गर्न मिल्ने कम्पनीले जनाएको छ ।

पोको एफ ३ जीटीमा एक प्रभावशाली ट्रिपल क्यामेरा सेटअप उपलब्ध छ । जसमा ६४ मेगा पिक्सेलको प्राइमरी क्यामेरा एफ/१.६५ एपर्चर रहेको छ । यसको साथै ८ मेगा पिक्सेलको अल्ट्रा वाइड–एंगल क्यामेरा ११९ डिग्रीको एफओभी, २ मेगा पिक्सेलको म्याक्रोको क्यामेरा र १६ मेगा पिक्सेलको सेल्फी क्यामेरा रहेको छ । 

पोको एफ थ्री जीटी गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याक गरी २ वटा कलरको भेरियन्टमा उपलब्ध छ । यो फोनको मूल्य ८ जीबी २५६ जीबीको ५६ हजार ९९९ तोकिएको कम्पनीले जनाएको छ । साथै, यो फोन अगष्ट ३१ बाट अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप