तालिबानले भन्यो, ‘काबुलमा अमेरिकी ड्रोन हमला गैर कानून’
काबुलमा कथित रुपमा आइएसका आत्मघाती हमलाकर्तामाथि अमेरिकाको ड्रोन हमलामाथि तालिबानले टिप्पणी गर्दै कुनै अर्को देशमा केही जानकारी नै नदिइ गरिएको गैरकानूनी हमला बताएको छ ।
अमेरिकाको कारवाहीमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस्तो बयान दिएका हुन् ।
उनले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँगको कुराकानीमा अमेरिकाले यो हमला तालिबानलाई सूचना नदिइकन गरेको बताए ।
उनले भने, ‘अमेरिकाको तर्फबाट कुनै अर्को देशभित्र यस्तो हमला गर्नु गैर कानूनी हो ।’
हमलामा सर्वसाधारणको पनि मृत्यु भयो ?
यस्तै, अर्कोतर्फ स्थानीय मिडियाले उक्त हमलामा काबुलका ९ जनाको मृत्यु भएको बताएको छ ।
टोलो न्यूजका एक कार्यक्रम प्रस्तोता मुस्लिम शेरजादले आफ्नो ट्वीटमा लेखेका छन्, ‘मृत्यु हुनेमा एक अफगान सेनाका फौजी, दुई अनुवादक र एक पसले थिए । उनीहरुबाहेक चार बालबालिका पनि समावेश छन् ।’
अमेरिकी समाचार च्यानल सीएनएनले पनि आफ्नो एक स्थानीय पत्रकारलाई उद्धृत गर्र्दै मृत्यु हुने व्यक्तिका एक आफन्तले अमेरिकी हमलामा सर्वसाधारणको पनि मृत्यु भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई दबाब दिन ट्रम्पले गरे कार्यकारी आदेशमा हस्ताक्षर
-
आवासीय चिकित्सकहरूद्वारा इमर्जेन्सीबाहेकका सेवा बहिष्कारको घोषणा
-
वीर अस्पतालका कार्यकारी निर्देशक पौडेलद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक
-
रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित
-
नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख
-
सुस्तावासी दशकौँदेखि नागरिकता र भूमि सम्बन्धी समस्या झेल्दै