शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले बुटवलमा ७ घर पुरियो, १५ घरमा सामान्य क्षति

सोमबार, १४ भदौ २०७८, १५ : ३०
सोमबार, १४ भदौ २०७८

अविरल वर्षासँगै बुटवलमा सोमबार पहिरोले ७ वटा घर पुरिएका छन् भने अन्य १५ वटा घरमा सामान्य क्षति भएको छ । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर बमघाटका ७ घर पुरिएको प्रहरीले जनाएको छ ।

दिउँसो पहिरो गएको र आइतबार नै केहीलाई सुरक्षित स्थानमा सारेका कारण गएका कारण मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले रातोपाटीलाई बताए । प्रहरीका अनुसार पहिरोले अम्मर विक, सीता थकाली, तुलसा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ भने अन्य १५ घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

यसअघि आइतबार पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको थियो । पहिरोबाट क्षति बढ्न सक्ने भन्दै सुरक्षाकर्मी र स्थानीय युवा क्लबहरू सहयोगका लागि जुटेको प्रहरीले बताएको छ । ज्योतिनगर क्षेत्रमा आइतबारदेखि नै पहिरो खतरा आँकलन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप