गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
सोमबार, १४ भदौ २०७८, १४ : ४०
नेपाली काँग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । १३ औं महाधिवेशनमा पनि थापाले कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए ।
उनले उम्मेदवारी घोषणाका लागि यो पवित्र स्थान भएको बताउँदै भने, ‘मेरो वडा र अग्रजहरू बीचमा गौरवका साथ १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको महामन्त्रीको घोषणा गर्छु ।’ थापा वडा नम्बर ३० को बासिन्दा पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण