शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

सोमबार, १४ भदौ २०७८, १४ : ४०
सोमबार, १४ भदौ २०७८

नेपाली काँग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । १३ औं महाधिवेशनमा पनि थापाले कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए । 

उनले उम्मेदवारी घोषणाका लागि यो पवित्र स्थान भएको बताउँदै भने, ‘मेरो वडा र अग्रजहरू बीचमा गौरवका साथ १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको महामन्त्रीको घोषणा गर्छु ।’ थापा वडा नम्बर ३० को बासिन्दा पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप