बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्युचाटारमा बसभित्र सहचालकको हत्या गरेर भागेको आरोपमा एक किशोर पक्राउ

सोमबार, १४ भदौ २०७८, १३ : ४६
सोमबार, १४ भदौ २०७८

काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् ।

२०७८ साउन २८ मा साँझ साढे ६ बजे रोकिराखेको बा.४ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या गरिएको थियो । मृतक चक्रपथ परिक्रमा गर्ने सोही बसका सहचालक हुन् । हत्या आरोपीलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले चितवनको पोखरा बसपार्कबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

सिन्धुपाल्चोकको चौतारा घर भएका खत्रीलाई सुरेशले ढुंगाले हिर्काएर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

ज्याकेट भित्र ढुंगा बेरेर हिर्काएर उनले हत्या गरेका थिए । हत्यापछि मृतकको कपडा र मोवाइल बोकेर उनि फरार भएका थिए । उनलाई ज्यान सम्बन्धि कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप