आई पे रेमिट टिकटक च्यालेन्ज: २० हजार जित्ने यस्तो छ अवसर
![आई पे रेमिट टिकटक च्यालेन्ज: २० हजार जित्ने यस्तो छ अवसर](https://rpcdn.ratopati.com/media/albums/WhatsApp_Image_2021-08-25_at_6.39.15_PM_UObGKXIua5.jpg)
काठमाडौं । रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको छ ।
भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाइ अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ ।
भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेञ्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास २० हजार जित्ने मौका पाउनेछन् ।
यस च्यालेञ्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५ सयको टपअप पनि पाउने र सर्वाधिक लाइक पाएका एक प्रतियोगीले नगद १० हजार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
मलेशिया, जापान लगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आई पे रेमिटले रियल टाइम एकाउन्ट डिपोजिट सुविधा साथै नेपाल भर छरिएर रहेको १२ हजार प्लस भुक्तानी काउन्टरबाट ग्राहकहरुलाई सुविधा दिँदै आइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म