एलजी ओएलईडी ‘ईआईएसए अवार्ड २०२१’ मा सम्मानित
काठमाडौं । एलजी ओएलईडी ‘ईआईएसए अवार्ड २०२१’ मा सम्मानित भएको छ । ईआईएसए (एक्सपर्ट इम्याजिन एन्ड साउन्ड एसोसियशन) विश्वको सवैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स सम्पादकीय संगठन हो ।
उक्त संगठनले यो वर्ष एलजीका विभिन्न उत्पादनलाई सम्मान गरेको छ । ईआईएसए अवार्डमा एलजीका ओएलईडी टीभी, क्यूएनईडी मिनी एलईडी टीभी र एलजी ईक्लेयर साउन्डबार जस्ता उत्पादन सम्मानित भएका हुन् ।
एलजीको ६५इन्च जी१०एलईडी टीभीलाई ईआईएसएले सर्वश्रेष्ठ प्रिमियम ओएलईडी टीभी २०२१–२०२२ नाम दिएको छ । एलजी ओएलईडी टीभीको लागि यो लगातार १०औं वर्षको प्रशंसाको प्रतिक हो ।
एलजीको ४८इन्च सी१०एलईडी टीभीले ईआईएसए कै पहिलो सबैभन्दा राम्रो गेमिङ टीभी अवार्ड जितेको थियो । यस वर्षको ईआईएसए ८के टीभी सम्मान एलजी क्यूएनईडी मिनी एलईडी टीभीले प्राप्त गर्न सफल भएको छ ।
साउन्डबार श्रेणीमा एलजी ईक्लेयरले एलजी परिवारका लागि ईआईएसए साउन्डबार इनोभेसनको उपाधि जित्न सफल भएको कम्पनीले जनाएको छ । एलजीको लागि पहिलो ईआईएसए इन इअर हेड फोनको कोटीमा एलजी टोन फ्री इयरबड्सले उत्कृष्ट ध्वनीको उपाधि जितेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि