बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा

सोमबार, १४ भदौ २०७८, १२ : ३४
सोमबार, १४ भदौ २०७८

अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।  त्रिभुवन राजपथस्थित चिसापानी धारा नजिक पहिरो जाँदा आज बिहान ५ः ३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि पूर्णरुपमा  सञ्चालनमा आएको हो । 

पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लामबद्धमा परेका छन् ।

पहिरोका कारण काठमाडौँतर्फ थानकोट र धादिङतर्फ खानी खोलासम्म सवारी जाम परेको थियो । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमा पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप