आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हनी सिंहकी पत्नी घरेलु हिंसाको मुद्दाको सुनुवाइमा भइन् भावुक

सोमबार, १४ भदौ २०७८, १२ : ०९
सोमबार, १४ भदौ २०७८

गायक तथा र्‍यापर हनी सिंहकी श्रीमती शालिनी तलवारले घरेलु हिंसाको मुद्दामा सुनुवाइको क्रममा भावुक बनेकी छन् । 

गत अगस्ट ३ मा शालिनीले हनी सिंहले उनीमाथि लामो समयदेखि घरेलु हिंसा गर्दै आएको आरोप लगाएकी छन् । 

शालिनी अगस्ट २८ मा अदालतमा सुनुवाइको क्रममा हनी सिंहले उनीमाथि मानसिक र शारीरिक शोषण गरेको विषयमा बयान दिँदै भावुक भइन् । 

एएनआईका अनुसार जिल्ला अदालत तीस हजारीमा सुनुवाइको क्रममा हनी सिंहकी पत्नी शालिनी न्यायाधीशको अगाडि रोइन् । 

मेट्रोपोलिटन मजिस्ट्रेट तानिया सिंहले शालिनीसँग अरु कुनै उपाय नभएको बताइन् । उनले शालिनीले हनीलाई जीवनको १० वर्ष दिएको बताइन् । शालिनीले सधैँ हनीलाई साथ र सहयोग गरेको भन्दै तानियाले यो प्रकरण छिट्टै टुंगोमा पुग्नुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप