सत्ता गठबन्धन बैठक : मन्त्रिमण्डल विस्तार बुधबार, बजेट सच्याउन सुझाव
गठबन्धन सरकारले बजेट सच्याउने भएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८/०७९ को बजेट सच्चाउने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् । गठबन्धनका नेताहरुले दिएको सुझावमा प्रधानमन्त्री सकारात्मक भएको र चाँडै प्रक्रिया थाल्ने जनाएको बुझिएको छ ।
त्यस्तै बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेलले जानकारी दिए । ‘बजेट सच्चाउने र मन्त्रिमण्डललाई पूर्णता दिने बारेमा छलफल भयो । सम्भवत ः बुधबार मन्त्रिमण्डलले पूर्णता पाउँछ’ बैठकपछि पौडेलले रातोपाटीसँग भने, ‘कोभिड नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न हामीले सुझाव दिइएका छौ ।’ साथै बैठकमा बुटवल–नारायणगढ सडकको तत्काल स्तरोन्नती गर्न पनि सरकारलाई गठबन्धन दलले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा