शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिस एण्ड मिसेस इण्डिजिनियस नम्रता र आशा

सोमबार, १४ भदौ २०७८, ११ : २६
सोमबार, १४ भदौ २०७८

‘मिस एण्ड मिसेस इण्डिजिनियस –२०२१’ उपाधि नम्रता तामाङ र आशा थापाले जितेका छन् । एसके इन्टरटेनमेन्टको आयोजना रहेको प्रतियोगितामा सीता तामाङ फष्ट रनरअप, लक्ष्मी गुरुङ सेकेन्ड रनरअप र निरु राई थर्ड रनर अप भए ।

कार्यक्रममा अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक च्वाइस शान्ता तामाङ, पपुलर रुपा थापामगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेड्ली लक्ष्मी गुरुङ, बेस्ट स्किन निरु राइ, बेष्ट हेयर रेखा गुरुङ र इनोसेन्ट सुशिता तामाङले जित्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा नायिका सञ्चिता लुँइटेल, रमला पाख्रिन, रोशन फ्युबा, जगत बराम, केशव थापा, सुमना गुरुङ, गायक निर्णय श्रेष्ठ र टेकराज पाण्डे रहेका थिए आदिबासी जनजातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज एवम् रहन–सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित आदिवासी जनजाति, गृहिणी/व्यवसायिक महिला दिदी–बहिनीमार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप