
काबुल विमानस्थलतर्फ दागिए ५ रकेट

काबुल अन्तरराष्ट्रिय विमानस्थललाई निशाना बनाएर सोमबार रकेट दागिएको छ । यसलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले विफल बनाइदिएको खबर छ । यद्यपि, हालसम्म कुनै जनधनको क्षती भएको खबर छैन ।
काबुलको यहि विमानस्थलबाट अमेरिकाले मानिसहरुलाई बाहिर निकालिरहेको छ र उसले मंगलबार ३१ डिसेमबरमा देश छोड्नुपर्ने छ ।
बिहान आएको रिपोर्टमा अफगानिस्तानको राधानीको विमानस्थललाई निशाना बनाएर पाँचवटा रकेट दागिएको बताइएको छ । यो रकेट कसले दागे, यसबारे हालसम्म स्पष्ट जानकारी प्राप्त छैन ।
यस्तै, आइतबार अमेरिकाले शहरमा एउटा ड्रोन हमला गरेको थियो । यसबारे अमेरिकी अधिकारीले उसले इस्लामिक स्टेट समूहका विमानस्थलमा हमला गर्न आइरहेका एक आत्मघाती हमलाकर्ताको हत्या गरिदिएको जानकारी दिए ।
यो अमेरिकाको दोस्रो ड्रोन हमला थियो । यसअघि उसले बिहिबार आइएसका षड्यन्त्रकारीलाई निशाना बनाएर ड्रोन हमला गरेका थिए । काबुल विमानस्थलबाहिर आइएसको आत्मघाती हमलामा १७० जना मारिएका थिए जसमा १३ अमेरिकी सैनिक पनि समावेश थिए ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ