बालुवाटारमा ५ दलीय सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद विस्तारबारे छलफल

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको गठबन्धनको बैठकमा पाँच दलका नेताहरु सहभागी छन् । बैठकमा गठबन्धनको स्थायी स्वरूप, सरकारलाई पूर्णता, अध्यादेशको बजेट, संवैधानिक परिषदका नियुक्ति, सरकारका प्राथमिकता, सत्य निरूपण र वेपत्ता आयोगको कार्य, जयसिंह धामी प्रकरण, रेशम चौधरीको रिहाइ लगायत विषयमा छलफल भइरहेको बुझिएको छ ।
गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन् । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरु सहभागी छन् ।
गत असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले डेढ महिना बित्न लाग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन