रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट
सोमबार, १४ भदौ २०७८, १० : ३२
वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लगायत कृति लोकप्रिय छन् ।
विसं १९९३ मा जुम्लामा जन्मिएका उनी प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्व अध्यक्षसमेत रहेका थिए । उनको शव श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा.जीवेन्द्रदेव गिरीले जानकारी दिए । भट्टका श्रीमती र दुई छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैँ आयो’ले जित्यो १ लाख पुरस्कार
-
यस वर्षको नोबेल पुरस्कार, अमेरिकी खुला बजार नीति परित्यागको पक्षमा
-
भूल भुलैयाले कमायो २५० करोड
-
कीर्तिपुरको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
-
‘डोरी’को शुभ–मुहूर्त