शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कृष्ण जन्माष्टमीको अवसरमा आज सार्वजनिक बिदा

सोमबार, १४ भदौ २०७८, ०८ : ०९
सोमबार, १४ भदौ २०७८

सरकारले कृष्ण जन्माष्टमीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । 

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप