शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्याग्दीका मुख्य सडक अवरुद्ध

आइतबार, १३ भदौ २०७८, २१ : ५७
आइतबार, १३ भदौ २०७८

केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीका मुख्य तीनवटा सहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध भएका हुन् । तीन वटै सडकलाई म्याग्दीको ‘लाइफलाइन’ मानिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण गाउँपालिकाको तीन ठाउँमा खसेको पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार अन्नपूर्ण–३ गुइठे, रुप्से र काभ्रे भिरमा खसेको पहिराले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक घुमाउने र बाङ्गेपहिरामा अवरुद्ध छ । दुवै ठाउँमा पहिरो खसेर २४ किलोमिटर दूरीको यो सडकमा आवतजावत बन्द भएको छ ।

 बेनी नगरपालिका–१ रत्नेचौर हुँदै छिमेकी जिल्ला बागलुङ जोड्ने बेनी–बागलुङ सडक भसभसेको पहिराले अवरुद्ध बनेको छ । ढुङ्गा, लेदो र हिलोका कारण विभिन्न ठाउँमा सवारी साधन फसेका छन् । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी तथा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको आलुलगायतका कृषि उपज निकासीमा समस्या भएको छ । सम्बन्धित पालिका, प्रहरी, बेनी–जोमसोम–कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक मर्मत गरी खुलाउने प्रयास गरे पनि वर्षा नरोकिएकाले सफल भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप