पर्यटन विकासका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण : कानूनमन्त्री थापा
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आइतबार सराङकोटको पर्यटन विकास समितिले निर्माण गरिरहेको भ्यू टावरको अवलोकनका क्रममा मन्त्री थापाले पोखरामा प्याराग्लाइडिङको उडान क्षेत्रका रुपमा परिचित सराङकोटमा पर्यटकको आकर्षण बढाउन निजी क्षेत्रले महत्वपूर्ण योगदान गरेको बताएका हुन् ।
उनले पर्यटनको विकासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न चाहेको बताए । ‘पोखराको लेकसाइडदेखि सराङकोटसम्म पुग्नका लागि अन्नपूर्ण केबलकार निर्माण अन्तिम चरणमा पुगेको छ’ केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रमा पर्यटन आगमन उच्च हुनेछ’ उनले भने, ‘केबलकार लगायतका अन्य भौतिक संरचना निर्माणले यस क्षेत्रको पर्यटक आकर्षणमा थप टेवा पुग्नेछ ।’
मन्त्री थापाले निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्ने गरी सहज नीति बनाउन स्थानीय सरकारलाई आग्रह गरे । सराङकोट क्षेत्रमा केबलकार, ठूला होटल तथा रिसोर्टसँगै अन्य भौतिक निर्माणका कार्य भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई थप एक दिनका लागि भएपनि भुल्ने वातावरण बनेको मन्त्री थापाको भनाई छ ।
उनले पर्यटकको लागि अथाह सम्भावना बोकेको सराङकोट क्षेत्रलाई व्यवस्थित बनाउन निर्माण हुँदै गरेको भ्यूटावर र शिव मन्दिरले थप आकर्षित बनाउने बताए । ‘भ्यू टावरलाई व्यवस्थित र आकर्षक बनाउने कार्य अत्यन्तै सह्रानिय छ, यसको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने छ’ उनले भने, ‘भ्यूटावर पुग्न बनाइएको भर्याङलाई हटाएर लिफ्टको माध्यमबाट टावरमा चढ्ने ब्यवस्था मिलाउनुपर्छ ।’
मन्त्री थापाले सराङकोटको जामुने बोटमा बनाइएको सहिद पार्क पर्यटक भुलाउने अर्को एउटा स्थलका रुपमा स्थापित हुँदै गएको बताए । उनले सराङकोटमा प्रहरी चौकीको भवन लगायतका भौतिक संरचना निर्माण गर्नका लागि दुई रोपनी जग्गाको ब्यवस्था मिलाइ सकिएको बताउँदै तत्कालै भवन निर्माण प्रक्रियालाई अगाडि बढाउन स्थानीयलाई आग्रह गरे ।
मन्त्री थापाले आइटी पार्क निर्माणका लागि समेत ९६ रोपनी जग्गा प्राप्त भएको बताउँदै आवश्यक संरचना निर्माणका लागि प्रदेश सरकारबाट १ करोड ७० लाख विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत