बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट खैरो हेरोइनसहित २ युवक पक्राउ

आइतबार, १३ भदौ २०७८, २२ : २७
आइतबार, १३ भदौ २०७८

काठमाडौंबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेत्रावती गाउँपालिका–४ घर भएका गोकुल तामाङ र धनकुटाको खाल्सा सहिदभूमि गाउँपालिका–५ घर भएका राजकुमार राई छन् ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ७५ ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । ब्यूरोको टोलीले भदौ ८ मा टोखा नगरपालिका–१० बाट ३६ वर्षीय गोकुल तामाङलाई ४.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।  

गोकुलको बयानका आधारमा धनकुटाका ३० वर्षीय राजकुमार राईलाई ब्यूरोको टोलीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो । राईको डेरामा थप ७० दशमलव ५ ग्राम खैरो हेरोइन फेला परेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप