शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कुशे औँसी तथा तीजमा ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक योजना

आइतबार, १३ भदौ २०७८, १९ : ५०
आइतबार, १३ भदौ २०७८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको जनाएको छ । 

यस क्यास ब्याक योजना अन्तर्गत भदौ २१ र कुशे औँसीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टू फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३०० सम्म)क्यास ब्याक पाइने बैंकले जनाएको छ । 

यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० सम्म) क्यास ब्याक फिर्ता मिल्ने बैंकले जनाएको छ । 

क्यास ब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पस /ईकम मार्फत ३ हजार वा सो भन्दा बढिको भुक्तानीमा ३ सय क्यास ब्याक फिर्ता पाउनेछन् । 

महिला ग्राहकलाई लक्षित यो योजना भदौ १६ देखि ३१ गते सम्म चल्ने पनी बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप